नेपालमा “वैकल्पिक राजनीति” को अवधारणा बारे औपचारिक गृहकार्य थालनी भएको २ दशक पुगिसकेको छ। परम्परागत राजनीतिक दलबाट देशको रुपान्तरण सम्भव छैन भन्ने निष्कर्षका साथ वि.स. २०४७ सालमा केही नागरिक अगुवाहरुको पहलमा    वैकल्पिक समूह निर्माण भएसँगै विकासित वैकल्पिक राजनीतिको यात्राले दाबी गरिएको जस्तो रुपान्तरणकारी परिणाम भने अझै दिन सकेको छैन। यस क्रममा वैकल्पिक राजनीतिलाई प्रवर्द्वन गर्ने उदेश्यका साथ विभिन्न वैचारिक समूह, अभियान र राजनीतिक दलहरु स्थापना भएता पनि वैकल्पिक राजनीतिक शक्तिको रुपमा राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमीका खेल्न सकेका छैनन् । 

नेपालमा कयौं राजनीतिक दलहरुले आफूलाई वैकल्पिक शक्तिको रुपमा दाबी गरे पनि आखिर किन विश्वसनीय वैकल्पिक शक्ति निर्माण हुन सकेन ? के नेपालमा वैकल्पिक राजनीतिको औचित्य समाप्त भएकै हो त ? वैकल्पिक भनिएका राजनीतिक दलहरु आखिरमा कहाँ चुके ? वैकल्पिक राजनीतिको अबको कार्यभार के हो ? अन्तराष्ट्रिय अभ्यासबाट नेपालले के सिक्ने ? 

यिनै विषयको शेरोफेरोमा रही ” नेपालमा वैकल्पिक राजनीति : औचित्य र सान्दर्भिकता ” विषयमा बहस गर्नको लागि निम्न बमोजिमको मिति र समयमा हुने “Politics and Policy Discussion Series” को शृंखला २ मा हामीले वैकल्पिक राजनीतिका अभियान्ता डा. सूर्यराज आचार्य र जनता समाजवादी पार्टीका नेता डम्बर खतिवडालाई अतिथि वक्ताको रुपमा निम्त्याएका छौँ।

मिति : २०७७ साल कार्तिक २२ गते, शनिबार

समय :  दिउँसो २ बजे 

कार्यक्रमको यसै पेज मार्फत फेसबुक लाईभ गरिनेछ। 

कार्यक्रमलाई नेतृत्व मञ्च, पोखराकी समन्वय समिति सदस्य लिडर दिपा भण्डारीले सहजीकरण गर्ने छिन्। 

#वैकल्पिक_राजनीति 

#AlternativePoliticsinNepal

#lfpkr

#Leadership_Forum_Pokhara

#जय_देश  

#जय_नेतृत्व_मञ्च

#नेतृत्व_मञ्च_पोखरा