Pokhara Nepal 9856038508

Blog

Cross The Border – Sujeev Shakya

सुजीव शाक्य अर्थ मामिलाका लेखक तथा टिप्पणीकार हुन् । वैचारिक अभ्यास गर्ने निजी क्षेत्रको एउटा प्रमुख संस्था नेपाल आर्थिक मञ्चका उनी अध्यक्ष हुन् ।

नेपाली अर्थतन्त्रबारे अंग्रेजीमा उनको अनलिशिंग नेपाल नयाँ दिल्ल्लीबाट प्रकाशित छ ।

पेसाले उनी व्यवस्थापक तथा परामर्शदाता हुन् । उनले काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन परामर्श तथा वित्तिय सल्लाह कम्पनी (बिड) स्थापना गरे । त्यसअघि सोल्टी व्यवसायिक समूह र भोटेकोशी पावर कम्पनीको व्यवस्थापन अनुभव सँगाले ।
संयुक्त राज्य अमेरिकास्थित कोलम्बिया र बोष्टन युनिभर्सिटीबाट समेत शिक्षा लिएका शाक्य सुरूमा भने चार्टर्ड एकाउन्टेन्ट थिए । उनी देश विदेशमा आर्थिक विषयका नीति संवादहरूमा प्रायः व्यस्त रहन्छन् र परामर्शदार्ताका रूपमा देशावर चाहारिरहेका हुन्छन् ।

Back to top